अर्थमन्त्रीको अडान : कर हेरफेर मेरो अधिकार, राजीनामा किन दिने ? – Nepal Press

अर्थमन्त्रीको अडान : कर हेरफेर मेरो अधिकार, राजीनामा किन दिने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्नु आफ्नो क्षेत्राधिकारको विषय भएको बताएका छन् । बजेटमा आफूले लिएको सबै निर्णयको जबाफदेहिता लिन तयार रहेको उनको भनाइ छ ।

आज राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले देशको हितमा हुने गरी करको दरमा तलमाथि गरेको दाबी गरे ।

उनले भने, ‘अर्थमन्त्रीले करको दर घटायो, बढायो भनिएको छ । यो त अर्थमन्त्रालयले गर्ने काम नै हो । गर्नै पर्ने कुरा हो । यो घटबढ गर्दा देशलाई के भयो ? उपभोग्य सामग्रीहरूमा बढाइयो कि घटाइयो भन्ने चाहिँ छलफलको विषय हुन सक्छ । मैले देशको अहित हुने गरी करको दरमा परिवर्तन गरेको छैन ।’

आफूले ल्याएको बजेटले तल्लो वर्गलाई समेटेको र व्यवसायिक क्षेत्रलाई प्रोत्साहित गरेको दाबी अर्थमन्त्रीले गरे ।

‘यसो गर्दा अर्थमन्त्री कसरी अनैतिक भयो ? अर्थमन्त्रीले बजेट नल्याएर, करको दर घटबढ नगरेर अरू के गर्ने ?’ उनले प्रश्न गरे ।

आफूले प्रतिष्ठित व्यवसायी, अर्थविद् तथा प्रबुद्ध व्यक्तिहरूसँग परामर्श गरेर बजेट बनाएको अर्थमन्त्रीले बताए । बाहिर उठेको विवादलाई लिएर आफूले राजीनामा नदिने संकेत अर्थमन्त्रीले गरे ।

उनले भने, ‘बजेट जनताको पक्षमा, देशको पक्षमा ल्याएको छु, कसैलाई अनैतिक लागेर राजीनामाको उठ्दैमा त्यही गर्नुपर्छ भन्ने छैन ।’


प्रतिक्रिया

One thought on “अर्थमन्त्रीको अडान : कर हेरफेर मेरो अधिकार, राजीनामा किन दिने ?

  1. तिम्राे बाउँकाे हाे र अधिकार भन्न ? ठूला र भारतीय मूलका व्यापारीकाे लागि दलाली गरेर कमाउन अर्थमनत्री बनाउने हाे र ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर