आईजीपी विवादको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी असार १९ गते – Nepal Press

आईजीपी विवादको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी असार १९ गते

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक-आईजीपी बढुवासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ तेस्रोपटक हेर्दाहेर्दैमा सकिएको छ । अर्को पेशी असार १९ गते राखिएको छ ।

यसअघि जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै असार ५ गतेका लागि पेशी तोकिएको थियो । त्यस दिन पनि बहस नसकिएपछि अर्को पेशी सोमबारका लागि तोकिएको थियो ।

आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै विश्वराज पोखरेलले रिट दर्ता गरेका थिए । सोमबार सरकार पक्षबाट सरकारी वकिलले बहस सके पनि निजी कानुन व्यवसायीहरुको बहस बाँकी रहेकाे छ ।


प्रतिक्रिया

One thought on “आईजीपी विवादको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को पेशी असार १९ गते

  1. नेपालकाे न्यायालय न्याय दिन बनेकै हाेईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *