पाँच दलको मञ्चमा पोखरेलको कटाक्ष- गठबन्धनको संकल्प बोकेर समाजवादको कुरा गर्नु बेइमानी हो (भिडिओ) – Nepal Press

पाँच दलको मञ्चमा पोखरेलको कटाक्ष- गठबन्धनको संकल्प बोकेर समाजवादको कुरा गर्नु बेइमानी हो (भिडिओ)

‘कांग्रेसलाई शीरमा राखेर यात्रा गठबन्धनको, लक्ष्य समाजवादको कुरा नै चुनौती हो’

काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू उपस्थित भएको मञ्चमा उभिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र समाजवादको संकल्प एकसाथ अघि बढ्न नसक्ने बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड,कांग्रेस नेता रामचन्द्र पौडेल,नेकपा एसका सम्मानित नेता झलनाथ खनाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोका चित्रबहादुर केसीप्रति कटाक्ष गर्दै महासचिव पोखरेलले कसैको रिसले बनेको गठबन्धनबाट मुलुकलाई फाइदा नहुने र समाजवादको संकल्प झुटो हुने दाबी गरे ।

नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादको लक्ष्य र चुनौती विषयमा आयोजना गरेको विचार गोष्ठीको अध्यक्षता माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए ।

मञ्चमा गठबन्धनबाहिरबाट एमाले महासचिव पोखरेल अतिथि थिए ।

कार्यक्रममा पोखरेलले भ- यो मञ्चमा मलाई उभिएर बोल्न अप्ठेरो भइरहेको छ ।

समाजवादको व्याख्या र गठबन्धनको संकल्प प्रस्तुत भइरहेको छ । समाजवाद र गठबन्धनको संकल्प एकै पटक कसरी अघि बढ्छ ? यात्रा गठबन्धनको,लक्ष्य समाजवादको भएपछि चुनौती नै यही हो । तपाईँहरूको एक मात्र उद्देश्य गठबन्धन छ भने अहिले समाजवादको लागि तयार हुनुहुन्न ।

महासचिव पोखरेलले अहिले गठबन्धनका नेताहरूले समाजवादको कुरा गर्नु कार्यकर्ता अलमल्याउने कुरा मात्र भन्दै कांग्रेसलाई शिरमा राखेर कम्युनिस्टहरूले समाजवादको कुरा गर्नुको औचित्य नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर