संघीयता भालुको कम्पट- चित्रबहादुर, ओलीबाट संघीयता बल्लतल्ल जोगाइयो- यादव – Nepal Press

संघीयता भालुको कम्पट- चित्रबहादुर, ओलीबाट संघीयता बल्लतल्ल जोगाइयो- यादव

काठमाडौं । पाँच दलीय गठबन्धनमा सामेल दुई दलका प्रमुख नेता उपेन्द्र यादव र चित्रबहादुर केसीबीच एउटै मञ्चमा संघीयताको बारेमा बहस भएको छ ।

संघीयताका कट्टर पक्षधर यादवले कट्टर विरोधी चित्रबहादुर केसीको प्रशंसा गरे ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित विचार गोष्ठीमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले संघीयता भालुको कम्पट बनेको भन्दै यसको विकल्प नखोजिए मुलुक श्रीलङ्काको अवस्थामा पुगिसकेको बताए ।

केसीले संघीयता मुलुकले धान्न नसकेको र धेरै विकृतिहरू सिर्जना भएको भन्दै ठूला दलले यसबारेमा सोच्नुर्पे बताए ।

केसी लगत्तै बोल्न उभिएका जसपा अध्यक्ष उपेन्द्र यादवले भने संघीयतालाई भित्रभित्रै कुहाउने काम भइरहेको भन्दै केपी ओलीबाट बल्ल बल्ल संघीयता जोगाइएको दाबी गरे ।

चित्रबहादुर केसीले संघीयताको बारेमा स्पष्ट कुरा राखेको भन्दै धन्यवाद दिएका यादवले ठूला दलले संघीयतालाई उपलब्धि मान्ने तर यसलाई असफल बनाउने दोहोरो खेल खेलेको आरोप लगाए ।


प्रतिक्रिया

One thought on “संघीयता भालुको कम्पट- चित्रबहादुर, ओलीबाट संघीयता बल्लतल्ल जोगाइयो- यादव

  1. सरकारबाट दाम ल्याएर खाने मात्रै काम भएकाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर