पैदल हिँडेर पार्टीको बैठकमा पुगिन् झाँक्री, अनुहारमा अझै उदासी – Nepal Press

पैदल हिँडेर पार्टीको बैठकमा पुगिन् झाँक्री, अनुहारमा अझै उदासी

काठमाडौं । मन्त्री पद गुमाएपछि बिदाइ कार्यक्रममा रामकुमारी झाँक्रीले बगाएको आँशु हिजोको हटन्यूज बन्यो । उनै झाँक्री आज पुतलीसडकमा एउटा सानो समूह लिएर पैदल हिँड्दै गरेको भेटिइन् । आज पनि उनको अनुहार उदास र बेचैन नै थियो ।

झाँक्री नेकपा एसको केन्द्रीय परिषद् बैठकमा भाग लिन कमलादीतर्फ लम्किएकी थिइन् । उनको साथमा तीन-चार जना कार्यकर्ता थिए । झाँक्री पुग्दा पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन भाषण गरिसकेका थिए । उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको छेउमा पुगेर थपक्क बसिन् र घोप्टो परेर मोबाइल चलाउन थालिन् ।

नेकपा एसबाट मन्त्री गुमाएका अन्य नेताहरू भने अझै पार्टीको बैठकमा पुगेका छैनन् ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर