एन्फाको प्रष्टोक्ति- पाण्डेको नियुक्ति विधानसम्मत् – Nepal Press

एन्फाको प्रष्टोक्ति- पाण्डेको नियुक्ति विधानसम्मत्

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नविन पाण्डेको नियुक्ति विधानविपरीत नभएको प्रष्ट्याएको छ ।
सोमबार सामजिक सञ्जालमार्फत एन्फाले सो कुरा स्पष्ट पारेको हो ।

नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको नयाँ कार्यसमिति बैठकले नविन पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त गरेको थियो ।

पाण्डे गैरआवासीय नेपाली भएको भन्दै केही मिडियामा आएको थियो ।

त्यही कुरालाई खण्डन गर्दे पाण्डे एन्फाबाट कुनै तलब सुविधा नलिइ स्वैच्छिकरूपमा सो पदमा रहेर काम गर्ने साथै फुटबल खेलको विकासका लागि मुख्य प्रशिक्षक, प्रशिक्षकलगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने गतिविधिका लागि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकाले सो निर्णय गरेको एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *