आईजीपी बढुवाविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज – Nepal Press

आईजीपी बढुवाविरुद्धको हेर्दाहेर्दै मुद्दाको सुनुवाइ आज

काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर