धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ) – Nepal Press

धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ)

काठमाडौं । शहरी विकास मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री रामकुमारी झाँक्री अत्यन्तै भावुक बनिन् ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।झाँक्री सुरुदेखि भावविव्वहल थिइन् । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।

एक पत्रकारले उनलाई भावुक देखिनुको कारण सोधेका थिए । ‘तपाईं मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि, आफनो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्नुभएको हो रु’ पत्रकारले सोधेका थिए ।
प्रश्न आउनासाथ झाँक्रीका बर्बरी आँशू झर्न थाल्यो । ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि रु’ उनले भनिन् ।


प्रतिक्रिया

One thought on “धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ)

  1. खासमा माधब नेपालको नियत नै खराब रहिछ।देश उन्नति र बिकास गर्ने तिर नलागेर मन्त्री फेर बदल तिर मात्रै चासो राख्ने रहिछन् आखिर उनिहरुले केही गल्ती गरेको जस्तो त लाग्दैन नया मन्त्रीले फेरि पुर्न 0 बाट सुरु गर्नु पर्छ उनी हरु लाई थाहा पनि हुदैन अनि कसरी बिकास होस मेरो देश।।।।नेताको नाममा मेरो नजर बाट कल्ङ्क जस्तै तुलना गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर