बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको उदासी, पटक-पटक आँशु पुछिन् (तस्बिरहरू) – Nepal Press

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको उदासी, पटक-पटक आँशु पुछिन् (तस्बिरहरू)

काठमाडौं । पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।

मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिइन् । उनको अनुहारमा पूर्ण रूपमा उदासी छाएको थियो भने मुस्कान हराएको थियो ।

उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन् । पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो । आँखामा गाजल लतपतिएको थियो ।

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए । साथै बुद्धमूर्ति उपहार दिए ।
मन्त्री झाँक्रीले कार्यक्रममा सम्बोधन गरिनन् । उनले आफू बोल्न सक्ने हालतमा नभएको बताइन् ।

हेर्नुस्,मन्त्री झाँक्रीका केही तस्विरः

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको उदासी, पटक-पटक आँशु पुछिन् (तस्बिरहरू)

Leave a Reply to Bhim koirala Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर