एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध – Nepal Press

एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९०(८० को बजेटमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे तथा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको जिल्लामा मात्र केन्द्रित भएको, समानुपातिक बजेट वितरण नभएको लगायतका आरोप लगाउँदै एमालेले प्रदेशसभा अवरुद्ध पारेको हो ।

प्रदेशसभा बैठक सुरु भएसँगै नेकपा एमालेका सांसदहरूले बैठक स्थगित माग गरेपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका प्रमुख सचेतक दीपक निरौलालाई बोल्ने समय दिएका थिए ।

विशेष समयमा बोल्दै सचेतक निरौलाले बजेटले व्यवसायीलाई मात्र फाइदा मिल्नेगर कर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजनालाई पटक–पटक रकम विनियोजन गरेको, बजेटलाई केहि जिल्लामा मात्र केन्द्रित गरेको बताए ।

उनले मन्तव्य राखेपछि एमालेले बैठक स्थगितको माग राखेका थिए ।

निरौलाले माग राखेसँगै सभामुख श्रेष्ठले प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर