हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, पूर्वाधार विकासमा सर्वाधिक एक अर्ब – Nepal Press

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, पूर्वाधार विकासमा सर्वाधिक एक अर्ब

हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपैयाँको बजेट ल्याएको छ । विवादका कारण शुक्रबार स्थगित नगरसभा तीनबुँदे सहमतिपछि आज सुरु भएको हो ।

नगरसभामा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विविध कोषतर्फ ९९ लाख तथा बाग्मती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.