जोनी–एम्बर प्रकरण : डेपलाई छिटो क्षतिपूर्ति तिर्न अदालतले हर्डलाई दियो आदेश – Nepal Press

जोनी–एम्बर प्रकरण : डेपलाई छिटो क्षतिपूर्ति तिर्न अदालतले हर्डलाई दियो आदेश

काठमाडौं । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् ।

पूर्वपत्नी एम्बर हर्डले जोनी डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि डेपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । डेपले मुद्दा जितिसकेका छन् । अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। हालै अदालतले यस विषयमा हस्तक्षेप गर्दै लिखित आदेश दिएको छ ।

जोनी–एम्बर मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै दुवैलाई आ–आफ्नो रकम छिट्टै भर्न पत्र लेखेका छन् । जोनी डेपको मानहानीसम्बन्धी मुद्दामा अदालतले एम्बरलाई एक करोड डलर तिर्न भनेको थियो । योसँगै जोनीलाई २० लाख डलर दिन जुरीले एम्बरलाई आदेश दिएको छ ।

टीएमजेड म्यागजिनको एक विवरणअनुसार अभिनेत्री हर्ड सपिङको लागि न्युयोर्कस्थित एक सेन्टरमा पुगेकी थिइन् । अदालतको फैसलापछि एम्बरले पहिलो पटक निजी विमानस्थलमा सार्वजनिक रूपमा देखापरेकी थिइन् । उनी निजी विमानबाट वासिङ्टन डिसी पुगेकी थिइन् । यो देखेर एम्बरको आर्थिक अवस्थामाथि प्रश्न उठेको थियो ।

यसअघि डेपका वकिलले पूर्वपत्नीबाट मुआब्जा रकम नलिने बताएका थिए। अदालतको यो आदेशपछि फैसलाअनुसार रकम तिर्नैपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *