प्रेस युनियनको महाधिवेशन हेटौंडामा, असार २० भित्र मतादाता नामावली टुंग्याइने – Nepal Press

प्रेस युनियनको महाधिवेशन हेटौंडामा, असार २० भित्र मतादाता नामावली टुंग्याइने

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग-अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् । युनियनको आठौं महाधिवेशन २०७१ भदौमा पोखरामा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर