ट्रक महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित – Nepal Press

ट्रक महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको पन्ध्रौँ साधारण सभा तथा सातौँ महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ विजयी भएका छन् ।

शनिवार सम्पन्न निर्वाचन परिणाम अनुसार राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ वर्षे कार्यकालका लागि महासंघको अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत मात्र पाए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमशः १ सय ३४ र १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रो पटक पनि निर्विरोध निर्वाचित हुन् सफल भएका छन् । सचिवमा १ सय ३८ मत प्राप्त गरी उमेशचन्द्र मजगैयाँ विजयी भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको सह–कोषाध्यक्ष ७९ मत ल्याई राजन केसी निर्वाचित भएका छन् ।

महाधिवेशनले ७ जना प्रदेश संयोजक सहित १६ सदस्सीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रदेश १ मा विद्यापति उपाध्याय,मधेस प्रदेशमा ध्रुव अर्याल,बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा,गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष निर्वाचित गर्न मतदान भएको थियो भने अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.