नेकपा एसको निर्णय- मन्त्रीको शपथ तत्काल नगराए हाम्रो अपमान सम्झनेछौँ (भिडिओ) – Nepal Press

नेकपा एसको निर्णय- मन्त्रीको शपथ तत्काल नगराए हाम्रो अपमान सम्झनेछौँ (भिडिओ)

प्रवक्ता खतिवडा भन्छन्- अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खन सकिन्न

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

शनिवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसकिने बताए ।

खतिवडाले अब शपथग्रहण गराउन ढिला भए नेकपा एसलाई गरिएको अपमानका रूपमा बुझिने भन्दै कांग्रेस र माओवादीभित्रको विवाद मिलाउन नेकपा एसभित्र नखेल्न चेतावनी दिइएको बताए ।

खतिवडाले नेकपा एसले पठाएका मन्त्रीहरूको सूची हेरफेर नहुने भन्दै मन्त्रीहरूले बुझाएको फरक नामको अर्थ नहुने प्रस्ट पारे ।

नेकपा एसको बैठकले गठबन्धनलाई नै जोड दिँदै पाँच दलबाहिरका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर