आठ वर्षमा बन्यो बंगलादेशको सबैभन्दा लामो पुल – Nepal Press

आठ वर्षमा बन्यो बंगलादेशको सबैभन्दा लामो पुल

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शनिवार देशको सबैभन्दा लामो पुलको उद्घाटन गरेकी छिन् ।

पद्म नदीमा निर्माण भएको झण्डै ७ किलोमिटरको उक्त पुल बनाउन ८ वर्ष लागेको थियो ।

निर्माणका समयमा भएको भ्रष्टाचार तथा राजनैतिक द्वन्द्व कारण निर्माणमा ढिलाइ भएको थियो ।

अनुमानित ३.६ बिलियन डलरको लागतमा बनेको उक्त पुल निर्माण गर्दा भ्रष्टाचार भएको आशंकापछि विश्व बैंक र अन्य विश्वव्यापी ऋण एजेन्सीहरूले वित्त पोषण गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि घरेलु कोषबाट लागत भुक्तान गरी निर्माण गरिएको हो । पुल आइतबारबाट सर्वसाधारणका लागि खोलिने जनाइएको छ ।

उक्त पुलले राजधानी ढाका र बंगलादेशको दोस्रो ठूलो बन्दरगाह मोङ्लाबीचको दूरी १०० किलोमिटरले घटाउने जनाइएको छ । चीनको बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर पहलको प्रत्यक्ष हिस्सा नभए पनि यो पुल चाइना मेजर ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडले निर्माण गरेको हो ।

‘यसलाई बेइजिङले बंगलादेशसँगको सहकार्यको लागि कोसेढुङ्गाको रूपमा हेरेको छ’ चीनका राजदूत ली जिमिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *