युक्रेन बन्यो इयु सदस्य राष्ट्रको दाबेदार, के हुन्छ फाइदा ? – Nepal Press

युक्रेन बन्यो इयु सदस्य राष्ट्रको दाबेदार, के हुन्छ फाइदा ?

काठमाडौं । इयु (युरोपियन संघ) मा सामेल हुनको लागि युक्रेनले पहिलो सफलता हात पारेको छ ।

इयुले युक्रेनलाई उम्मेदवार स्थिति प्रदान गरेसँगै युक्रेनले सो सफलता हात पारेको हो । इयुले उक्त निर्णय गरेसँगै युक्रेनका राष्ट्रपति भ्लाडिमिर जेलेन्स्कीले अब युक्रेनको भविष्य इयुको हातमा रहेको टिप्पणी गरेका छन् ।

इयुको सदस्य राष्ट्र बन्नका लागि कुनै पनि देशले पहिला फ्री मार्केट इकोनोमी, इयुको कानुन तथा युरो मुद्रालाई अपनाउन पर्ने लगायतका मापदण्डहरू पुरा गर्नुपर्ने हुन्छ । तत् पश्चात् एक लामो प्रक्रिया पार गर्नु पर्ने हुन्छ ।

हालसम्मको लागि इयुको सबै भन्दा कान्छो सदस्य राष्ट्र क्रोएसियालाई सदस्यता प्राप्त गर्नको लागि दश वर्षको समय लागेको थियो ।

युक्रेनले रुसी हमला सुरु भएको चार दिनपछि इयु सदस्यताको लागि आवेदन दिएको थियो । यद्यपि सदस्य बन्नका लागि इयुको सन् १९९३को कोपनहेगन बैठकले पारित गरेको मापदण्ड पुरा गर्न पर्ने हुन्छ । युक्रेनले उक्त मापदण्ड पुरा नगरेको बेला बेलामा चर्चा हुँदै आएको छ ।

इयुको सदस्यता प्राप्त गर्न अझै पनि युक्रेनलाई चुनौती रहेको बताइन्छ । हालको समयमा युक्रेनको सदस्यताका लागि फ्रान्स, इटली र रोमेनियाले मन्जुरी दिएका छन्, युक्रेनलाई अझै २७ वटा राष्ट्रहरूको समर्थन चाहिने छ ।

यदि युक्रेनले इयुको सदस्यता प्राप्त गर्‍यो भने युक्रेनले इयु मार्फत सैन्य सहयोग प्राप्त गर्न सक्छ । इयुको रक्षा सम्झौता अनुसार यदि कुनै इयु सदस्य राष्ट्रमामा अन्य कुनै देशले हमला गरेको खण्डमा अन्य सदस्य राष्ट्रहरूले सहयोग गर्ने भनेर उल्लेख गरिएको छ । यस बाहेक युक्रेनले अन्य आर्थिक सहयोग पनि प्राप्त गर्न सक्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *