एमाले महासचिवको दाबी- अवसरवादीहरूसँग सौदाबाजी गर्दा अहिले नि सरकारमा पुगिन्छ – Nepal Press

एमाले महासचिवको दाबी- अवसरवादीहरूसँग सौदाबाजी गर्दा अहिले नि सरकारमा पुगिन्छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरूले चाहे अहिले पनि सरकारमा पुग्न सकिने दाबी गरेका छन् ।

पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनमा रहेका स्वार्थी र अवसरवादीसँग मिल्ने हो भने, सरकारमा सजिलै पुग्न सकिने बताए ।

‘सरकारमा पुग्नलाई अहिले पनि गठबन्धनका अवसरवादी स्वार्थीहरूसँग सौदाबाजी गर्ने हो भने सरकारमा पुग्न सकिन्छ,’ उनले भने,‘तर देश बन्छ की बन्दैन ? पछाडि पारिएका समुदायहरू माथि उठ्छन् कि उठ्दैनन् ?’

सरकार बनाउनु मात्र ठूलो कुरा नभएको बताउँदै महासचिव पोखरेलले देश बनाउनु ठूलो कुरा रहेको बताए ।

यस्तै एमालेले गठबन्धनबाट देश नबन्ने निष्कर्ष निकालेको उनले बताए ।

‘हामीले के निष्कर्ष निकालेका छौँ भने गठबन्धनका माध्यमबाट देश बन्न सक्दैन,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर