पार्टीनिर्णय विरूद्धको ‘जंग’बाट आलेसहित ६ सांसद किन भए ‘ब्याक’ (पत्रसहित) – Nepal Press

पार्टीनिर्णय विरूद्धको ‘जंग’बाट आलेसहित ६ सांसद किन भए ‘ब्याक’ (पत्रसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको मन्त्री फिर्ता बोलाउने निर्णयविरूद्ध उत्रिएका ६ जना सांसद ‘ब्याक’ भएका छन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसद ‘ब्याक’ भएका हुन् ।

अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै दिइएको लिखित निवेदनबााट हस्ताक्षर फिर्ता लिँदै ‘ब्याक’ भएको जनाउ दिएका छन् ।

यसरी ब्याक हुने आलेबाहेकका अन्य सांसदहरूमा गोपालबहादुर बम, वीनादेवी बुढाथोकी र धनबहादुर बुढा मन्त्री आलेनिकट मानिन्छन् भने, पुष्पाकुमारी कर्ण कायस्थ र कृष्णलाल महर्जन अध्यक्ष नेपाल निकट मानिन्छन् ।

उनीहरूले आजै पार्टी अध्यक्ष नेपाललाई भेटेर हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।

पत्रमा ‘८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ भनी उल्लेख छ ।

हिजै मन्त्री आलेले पार्टीको पोलिटब्यूरो बैठकमा पार्टी निर्णयको सम्मान गर्दै १२ घण्टाभित्र पार्टीको निर्णय लागू गराउने प्रतिबद्धता जनाएका थिए ।

अब संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुको मात्रै हस्ताक्षर बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर