एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ (भिडिओ) – Nepal Press

एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यप्रति तीब्र आक्रोश पोखेका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले भने– नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । धारेहात लगाउँने दुस्सासह नगरुन् ।

पछिल्लोपटक नेकपा एसमा उत्पन्न संकटका सन्दर्भमा योगेश भट्टराई लगायत १० बुँदे पक्षधर नेताहरुले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेकोमा उनी आक्रोशित भएका हुन् ।


प्रतिक्रिया

2 thoughts on “एमालेका १० भाइलाई नेपालको चेतावनी – तिमीहरु दास हौ, हामीलाई धारेहात नलगाऊ (भिडिओ)

  1. गठबन्धनमा देउवा र प्रचण्डकाे तलुवा चाटनेले अरूलाई भनेकाे सुहाएन ।

  2. अर्काको टाट्नोमा घाँटीमा दाम्लो लाएर सुकेको पराल खाएर बसेकाछन्, उग्राउँछन्, नानाथरी कराउँछन्, म्याँ म्याँ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर