राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा – Nepal Press

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् ।

पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरू मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन् ।

यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए ।

‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उनले भने ‘पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’


प्रतिक्रिया

One thought on “राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

  1. अलिअलि उठाउन बाँकी हाेला । काम सिध्याईहालाैं है फेरि अर्काेले चप्काउला ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर