माओवादी छाडेर बसेका नेता जीवन गौतम एमालेमा प्रवेश – Nepal Press

माओवादी छाडेर बसेका नेता जीवन गौतम एमालेमा प्रवेश

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि माओवादी केन्द्र त्यागेर स्वतन्त्र वामपन्थीको भूमिकामा रहेका दाङका नेता जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज रहेका गौतमले चुनावअघि सो पार्टी परित्याग गरेका थिए ।

शुक्रवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले गौतमसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए ।

गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एकीकृत कम्युनिस्ट आन्दोलन विभाजन गरेको आरोप लगाए ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल लगायतका नेता सहभागी थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही नगरपालिकाको मेयरमा उम्मेदवार बनेका गौतम माओवादीको पोलिटव्युरो सदस्य थिए ।

सोही कार्यक्रममा वाइसिएल नेपालका पूर्व सचिव दिवस पाण्डे पनि एमालेमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर