धनगढीले ल्यायो १ अर्ब ८३ करोड बढीको बजेट – Nepal Press

धनगढीले ल्यायो १ अर्ब ८३ करोड बढीको बजेट

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ८३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।

नगर सभाको आठौँ अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

१ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन्।

चालू वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो।

आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाको आन्तरिक आय २६ करोड ७९ लाख रहेको छ भने राजश्व बाँडफाँडबाट ४७ करोड २९ लाख उपमहानगरपालिकाले पाउने छ।

यस्तै उपमहानगरपालिकाले संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत ९६ करोड ४८ लाख र प्रदेश सरकारले ३५ करोड ३४ लाख अनुदान पाउने छ।

धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो बजेट ल्याएको हो । यो प्रदेशको एक मात्र उपमहानगरपालिका हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर