विराटनगर महानगरपालिका : ३ अर्ब ६२ करोड ५५ लाख बढीको बजेट, अधिकांश पुरानै कार्यक्रम – Nepal Press

विराटनगर महानगरपालिका : ३ अर्ब ६२ करोड ५५ लाख बढीको बजेट, अधिकांश पुरानै कार्यक्रम

विराटनगर । विराटनगर महानगरपालिको आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट ल्याएको छ ।

अधिकांश पुरानै कार्यक्रम समावेश बजेट नगर सभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेकी हुन् ।

सो मध्ये चालू तर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार बजेट विनियोजन भएको छ ।

आर्थिक विकास तर्फ २७ करोड ७३ लाख, सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तर्फ ७ करोड, ७७ लाख वातावरण तथा विपत् व्यवस्थापन तर्फ ३ करोड ६० लाख विनियोजन भएको छ ।

१९ वटा वडाहरूको वडा स्तरीय आयोजनाका लागि ४१ करोड ६८ लाख, नगर स्तरीय आयोजनाका लागि ३० करोड, बहु वर्षीय गौरवका आयोजनाका लागि २९ करोड, क्रमांगत योजनाका लागि ४० करोड विनियोजन गरेको छ ।

महानगरले सङ्घबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ एक अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख, राजस्व बाडफाँड तर्फ १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आयतर्फ तर्फ एक अर्ब, जनसहभागिताबाट ८ करोड र अनुदान तथा ऋणबाट १० करोड१९ लाख प्राप्त हुने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर