भीम रावलको टिप्पणी- राजनीतिक नेतृत्व गम्भीर नभए अहिलेजस्तै समस्या देखिन्छन् – Nepal Press

भीम रावलको टिप्पणी- राजनीतिक नेतृत्व गम्भीर नभए अहिलेजस्तै समस्या देखिन्छन्

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक नेतृत्व देश र जनताप्रति गम्भीर नदेखिए हालैका घटनाक्रमहरूजस्ता समस्या आइलाग्ने बताएका छन् ।

ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्व देश र जनताप्रति गम्भीर रूपमा उत्तरदायी र सक्षम भएन भने सरकार कसरी अस्थिर हुन्छ ? संसद कसरी प्रभावहीन हुन्छ ? शासन-प्रशासन एवं अदालत कसरी भ्रष्ट हुन्छ ? राज्य र सुरक्षा निकाय कसरी कमजोर हुन्छन् ? भन्ने कुरा नेपालमा घटित हालैका घटनाक्रमले देखाएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर