अमेरिकी संसदमा भारतविरोधी प्रस्ताव – Nepal Press

अमेरिकी संसदमा भारतविरोधी प्रस्ताव

काठमाडौं । अमेरिकाको संसदमा भारतविरोधी प्रस्ताव पेस भएको छ । डेमोक्रेटिक पार्टीकी नेता इल्हान उमरले भारतलाई ‘धार्मिक स्वतन्त्रता अधिकारको मामिलामा संकटग्रस्त अवस्था रहेको देश’का रूपमा तोक्न अमेरिकी विदेशमन्त्रीलाई आग्रह गर्दै प्रस्ताव पेस गरेकी छन् ।

इल्हान भारतसँग पहिल्यै देखि नै क्रुद्ध रहेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि यसैवर्ष अप्रिलमा पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेकी थिइन् । उनको त्यो भ्रमणबारे भारतमा आलोचना भएको थियो ।

अमेरिकी संसदमा इल्हानले अहिले गरेको प्रस्तावमा सांसद रशिदा तालिब र जुआन वर्गासले पनि समर्थन गरेका छन् ।

यस्तै सोही प्रस्तावमा राष्ट्रपति जो बाइडेन प्रशासनलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगमा समेत यो बुँदा राख्न आग्रह गरिएको छ ।

उक्त आयोगले भारतलाई ‘धार्मिक स्वतन्त्रताको विशेष चासोको देश’ घोषणा गर्न माग गर्दै आएको छ ।

मंगलबार पेस भएको सो प्रस्तावलाई आवश्यक कारबाहीका लागि संसदको परराष्ट्र समितिमा पठाइएको छ ।

बीबीसी हिन्दीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर