वर्षा बाधक बन्दा नेपालकाे एसिया कप खेल्ने सपना अधुरै, युएई फाइनलमा – Nepal Press

वर्षा बाधक बन्दा नेपालकाे एसिया कप खेल्ने सपना अधुरै, युएई फाइनलमा

काठमाडौं । वर्षाका कारण युएईसँगको खेल पूरा हुन नसक्दा एसीसी महिला टी- २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट नेपाल बाहिरिएको छ ।

खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको हैसियतले फाइनलमा पुगेको छ ।  यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

शुक्रबार मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनाएको थियो । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् । तर वर्षाका कारण नेपालले ब्याटिङ गर्न पाएन ।

खेल रद्ध भएसँगै उत्कृष्ट बलिङ गरेकाे नेपालले युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य अधुरै भएको छ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुगेकाे छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । अब दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् ।

 

 


प्रतिक्रिया

One thought on “वर्षा बाधक बन्दा नेपालकाे एसिया कप खेल्ने सपना अधुरै, युएई फाइनलमा

  1. कस्तो खालको होला यो प्रक्रुतीको नियम पनि कसम नेपाल लाई नै निकालिनु पर्ने के गर्नु भ्रष्टाचारी हरु ले भरिएको देश न पर्यो प्रकृतिले पनि साथ दिदैन्😭😭😭

Leave a Reply to Lil Bahadur Jargha Cancel reply

Your email address will not be published. Required fields are marked *