नेक्सन इभीमा अचानक आगो लाग्याे, के विद्युतीय गाडी असुरक्षित छन् ? (भिडिओ) – Nepal Press

नेक्सन इभीमा अचानक आगो लाग्याे, के विद्युतीय गाडी असुरक्षित छन् ? (भिडिओ)

काठमाडौं । नेपालमा पछिल्लो समय लोकप्रिय भइरहेको तथा निजी तथा सरकारी कार्यालयले समेत प्रयोगमा ल्याइरहेको टाटाको विद्युतीय गाडी नेक्सन इभीमा खराबी देखिएको हो ? भारतमा नेक्सन इभीमा अचानक आगो लागेपछि प्रश्न खडा भएको छ ।

अचानक गाडीमा आगो लाग्न थालपछि यी गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।हालैमात्र मुम्बइको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ,जहाँ नेक्सन इभीमा अचानक आगलागी भएपछि पानी हालेर निभाइँदैछ ।

टाटा कम्पनीले सामाजिक सन्जालमा आएको सो घटनाको गम्भीर अनुसन्धान भइरहेको र अहिलेसम्म आफ्ना गाडीको सुरक्षामा कुनै प्रश्न नआएको समेत जनाएको छ ।

टाटा मोटर्सले अनुसन्धान सकिएपछि विस्तृत जानकारी दिइने भन्दै आफूहरु आफ्ना विद्युतीय गाडीका उपभोक्ताहरुको सुरक्षाप्रति उत्तरदायी रहेको जनाएको छ । कम्पनीले देशभित्र ३० हजार भन्दा बढी विद्युतीय गाडीले एक सय मिलियन किलोमिटर चार वर्षको बीचमा पार गरिसक्दा यस्ता घटना कहिल्यै नभएको जनाएको छ ।

भारतमा विद्युतीय गाडीमा आगो लागेको यो पहिलो भने होइन । यसअघि टेस्ला गाडीहरुमा पनि यस्तै आगलागी भएको थियो । हालैमात्र क्यालिफोर्नियामा पनि टेस्ला विद्युतीय गाडीाम अचानक आगो लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतमा नेक्सन इभीमा निस्किएको आगोको वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको टाइम्स अफ इण्डियाले जनाएको छ । उक्त गाडीमा ३० दशमलब २ एडब्लुएच लिथुनियम इओन ब्याट्री राखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्ला केही महिनामा विद्युतीय स्कुटरहरुमा आगो लाग्ने क्रम बढेको छ । अनुसन्धानकै क्रममा रहेका यी घटनाहरुले विद्युतीय सवारीको सुरक्षामा प्रश्न उठाएको छ । तर गाडीमै आगो देखिएको भने भारतमा मुम्बइको यो घटना पहिलो हो ।

सरकारले समेत नेक्सन इभीमा आगो लागेको घटनाको स्वतन्त्र छानविन गर्न निर्देशन एिको छ । नेक्सन इभी प्रकरणको गम्भीर अध्ययन गर्न निर्देशन इिएको भारतीय सडक यातायात तथा राजमार्ग सम्बन्धी मन्त्रालयलाई उदृत गर्दै पिटिआइले जनाएको छ ।

नेपालमा हालैमात्र विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी खरिद गरेको छ भने अन्य सरकारी कार्यालयमा पनि इन्धन बचतका लागि सस्तो मुल्य पर्ने भएकाले नेक्सन इभी खरिद गरिएको छ । निजी प्रयोगकर्ता पनि नेक्सन इभीतर्फ आकर्षित छन् र यसको आधिकारिक विक्रेता सिप्रदी टे«डिङले ६ महिनाअघि कुनै पनि ग्राहलाई गाडी दिन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर