हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला – Nepal Press

हेटौंडाको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गरेका छन् ।

छलफलको क्रममा सामान्य विवाद हुँदा उद्योग प्रशासनले प्रहरी लगाएर पक्राउ गराएको भन्दै स्थानीयले बिहीबार उद्योग बन्द गरेका हुन् ।

बिहीबार बिहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले उद्योगको गेट बन्द गरी आयात निर्यात ठप्प पारेका छन् ।

सरकारले नियमित रुपमा इन्धनमा मूल्यवृद्धि गरेपछि उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलका लागि उद्योगमा पुगेका थिए ।

छलफलको क्रममा उद्योगका कर्मचारीसँग सामान्य विवाद भएको तर उद्योग प्रशासनले प्रहरी बोलाएर दोङलाई पक्राउ गराएको विरोधमा उद्योग बन्द गरेको ढुवानी व्यवसायी स्थानीय उमेश स्याङबोले जानकारी दिए ।

पक्राउ परेका दोङलाई रिहा नगरेसम्म उद्योगको आयात निर्यात बन्द यथावत रहने तथा संघर्ष जारी रहने ढुवानी व्यवसायी स्याङबोले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर