भक्तपुर प्रहरीले लिएन जातीय विभेदविरुद्धको जाहेरी – Nepal Press

भक्तपुर प्रहरीले लिएन जातीय विभेदविरुद्धको जाहेरी

थप प्रमाण बुझ्ने प्रहरीको भनाइपछि ठाडो निवेदन दर्ता

काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले जातीय भेदभाव तथा छुवाछूत कसुरमा पीडितको जाहेरी लिन अस्वीकार गरेको छ । ओखलढुंगाकी मुना दयाल भनिने सम्झना विश्वकर्मा आफूमाथि घर भाडा बस्ने क्रममा जातीय छुवाछूत भएको भन्दै बुधबार परिसरमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर, फौजदारी र सरकारवादी हुने उक्त मुद्दामा प्रहरीले पीडितको जाहेरी लिन अस्वीकार गरेको पीडितले गुनासो गरेकी छन् ।

उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–४ की कविता रायमाझीको घरमा कोठा भाडामा लिएर बस्न लागेकी थिइन् । तर, रायमाझी परिवारले उनी दलित भएको थाहा पाएपछि घर भाडामा नदिने बताएको विश्वकर्माले बताएकी छिन् ।
आफूमाथि जातीय छुवाछूत भएको महसुस गरेपछि जाहेरी लिएर महानगरीय प्रहरी परिसर भक्तपुर पुगेको उनले बताइन् । तर, प्रहरीले पीडकका कुरा सुनेपछि मात्रै जाहेरी लिने भनेर फर्काएको पीडित विश्वकर्माको गुनासो छ ।

भक्तपुर प्रहरी पुगेकी अधिवक्ता यमकुमारी ददेलले प्रहरीले दलितले भोग्दै आएको अपमानको संवेदनशीलता नबुझ्दा मुद्दा दर्ता नगरेको बताइन् । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित सम्झनाले ठाडो निवेदन दिएर फर्किएको बताएकी छन् ।

प्रहरीले निवेदनका आधारमा पीडकलाई बोलाउने र दुवै पक्षको कुरा सुनेपछि मिलापत्र नभएमात्रै मुद्दाको प्रक्रिया अघि बढाउने भनेको पीडितको भनाइ छ । यद्यपि फौजदारी मुद्दामा पीडितले उजुरी दिएपछि प्रहरीले पीडकलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भने जाहेरी दर्ताकै लागि अस्वीकार नगरेको दाबी गरेको छ । भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले उक्त घटनाबारे प्रहरीले थप बुझिरहेको नेपाल प्रेससँग बताए । विनाप्रमाण जाहेरी दर्ता गर्न नमिल्ने भएकाले प्रमाण बुझ्ने काम भइरहेको तर जाहेरी दर्ता गर्न अस्वीकार नगरेको उनको भनाइ छ ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि प्रहरीकै दबाबमा पीडितले प्रहरीमा दिएको ठाडो निवेदन यस्तो छ–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर