नगरसभा सकिएको ‘खुसीयाली’ मा नगरपालिकाले दियो सार्वजनिक बिदा – Nepal Press

नगरसभा सकिएको ‘खुसीयाली’ मा नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

आज बसेको ११ औं नगरससभा सफलतापूर्वक सम्पन्न भएकाे भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर