घुसकाण्डमा मुछिएका न्यायाधीश र वकिलमाथि तत्काल कारबाही गर्न न्यायपरिषद्‌मा राप्रपाको निवेदन – Nepal Press

घुसकाण्डमा मुछिएका न्यायाधीश र वकिलमाथि तत्काल कारबाही गर्न न्यायपरिषद्‌मा राप्रपाको निवेदन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न २ करोड लेनदेनको डिल गरेका न्यायाधीश र वकिललाई तत्काल कारबाही गर्न माग गर्दै न्यायपरिषद्‍मा निवेदन दिएको छ । पार्टीका प्रवक्ता तथा सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले आज निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा न्यायधीश राजकुमार कोइराला र अभिवक्ता रुद्रप्रसाद पोखरेलबीचको नगदी बार्गेनिङ अडियओका आधारमा उनीहरूलाई तुरुन्तै पदबाट हटाउन माग गरिएको छ । राजकुमार कोइरालालाई अब आइन्दा कुनै पनि न्याययिक तथा कानूनी कार्यमा संलग्न हुन नपाउने गरी कानूनबमोजिम अविलम्ब कारबाही गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

निवेदन दिएपश्चात प्रवक्ता शाहीले कोइराला र पोखरेललाई तत्काल पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्नुपर्ने बताए । आफूहरूले दिएको निवेदनलाई कार्यान्वयन गरिएन भने राप्रपाले आन्दोलन गर्ने उनले चेतावनी दिए ।

‘उहाँहरूलाई पक्राउ गर्नका लागि अडिओ नै पर्याप्त छ,’ शाहीले भने, ‘फुटपाथमा कपडा बेच्नेलाई एकैछिनमा पक्राउ गरेर जेल हाल्न सक्ने सरकारले यत्रो काण्डमा ४५ दिनको म्याद दिएर भ्रष्टाचारको प्रमाण लुकाउन समय दिएकोमा हाम्रो आपत्ति छ । उनीहरूलाई हिरासतभित्र राखेर छानबिन गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर