कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरले ५ सय जरिवाना लिने – Nepal Press

कुहिने र नकुहिने फोहोर नछुट्याए काठमाडौं महानगरले ५ सय जरिवाना लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ ।

महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै साउन १ गतेदेखि महानगरबासीले घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ कारबाही गरिने जनाएको हो ।

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ । महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन संकलन गर्ने पनि सूचनामा जनाइएको छ ।

काठमाडाैंका नवनिर्वाचित मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर स्रोतमा नै छुट्याउन महानगरवासीलाई आह्वान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर