भक्तपुरमा मोटरसाइकल र टिपर ठाेक्किँदा दुईजनाको मृत्यु – Nepal Press

भक्तपुरमा मोटरसाइकल र टिपर ठाेक्किँदा दुईजनाको मृत्यु

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका ८ आर्दशचोक नजिकै गएराति मोटरसाइकल र ट्रिपर आपसमा ठाेक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई जना पुरुष व्यक्ति रहेका छन् । अन्दाजी २० वर्षका जस्ता देखिने दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो ।

मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर गएराति सवा २ बजे आपसमा ठोकिएका हुन् । ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *