अल्मुताइरीले निकालेका खेलाडीलाई बन्द प्रशिक्षणमा फर्काउने एन्फाको निर्णय – Nepal Press

अल्मुताइरीले निकालेका खेलाडीलाई बन्द प्रशिक्षणमा फर्काउने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द शिविरबाट निकालेका खेलाडीहरुलाई राष्ट्रिय टोलीको बन्द शिविरमा फर्काउने निर्णय गरेको छ।

नव निर्वाचित कार्यसमितीको  पहिलो बैठकले प्रशिक्षक अल्मुताइरीले बन्द शिविरबाट निकालेका १० खेलाडी र खेलाडीको पक्षमा बोलेका किरणकुमार चेम्जोङलाई राष्ट्रिय टोलीमा फर्कन बाटो खुला गर्ने निर्णय गरेको हो ।
बुधबार नव निर्वाचित पदाधिकारिहरुले सपथ ग्रहण गरेपछि बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि एसियन कप छनोटका दौरान व्यवस्थापनको विषयलाई लिएर प्रश्न उठाउँदा प्रशिक्षक अबदुल्लाह अल्मुताईरीले खेलाडीहरुलाई प्रशिक्षण छोडेर जान भनेपछि उनीहरु प्रशिक्षण बाट बाहिरिएका थिए ।
प्रशिक्षकको हकमा प्रशिक्षक–खेलाडी विवादको छानबीन समितीले दिएको सुझाव अनुसार एन्फा कार्यसमितीले प्रशिक्षक र कतार फुटबलसंघ सँग समन्वय गरेर कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
यसअघि, विवाद छानबीन समितीले प्रशिक्षकको विकल्प खोज्न सुझाव दिएको थियो । सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरलले पराजित गर्दै पंकज नेम्वाङ एन्फा अध्यक्ष चुनिएका थिए । त्यसपछि आज बसेको नयाँ कार्य समितीको बैठकले किरण राई लाई महासचिव, कोषध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *