मन्त्री हेरफेरको निर्णय लागू नहुँदा झलनाथ आक्रोशित, ताकेता गर्न माधव नेपाल बालुवाटारमा (भिडिओ) – Nepal Press

मन्त्री हेरफेरको निर्णय लागू नहुँदा झलनाथ आक्रोशित, ताकेता गर्न माधव नेपाल बालुवाटारमा (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई परिवर्तन गर्ने विषयमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले बताए ।

‘आज सचिवालयको बैठक बसेको थियो तुरुन्तै पोलिटब्यूरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ उनले भने, ‘यसबाहेक मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन ? तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ ।’

यस विषयमा प्रधानमन्त्री देउवासँग सोध्नका लागि पार्टीअध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएको सम्मानित नेता खनालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *