‘द सिक्रेट अफ राधा’को पोस्टर सार्वजनिक – Nepal Press

‘द सिक्रेट अफ राधा’को पोस्टर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को २ वटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ वटा पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक सिनेमाको कन्टेन्टमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्रै स्थान दिइएको थियो ।

सिनेमाको रिलिज नजिकिएसँगै सिनेमामा अभिनित सम्पूर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाले दर्शकमाझ कौतुहल पैदा गरेको दाबी निर्माण पक्षको छ ।

सिनेमामा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । सिनेमामा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भूमिकामा देखिनेछन् ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआई फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसियसनमा निर्माण र विरजना इन्टरटेनमेन्ट तथा विक्रमदास जोशी सहनिर्माता रहेको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *