कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकारकाे व्यवस्था गर्न निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने – Nepal Press

कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकारकाे व्यवस्था गर्न निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोग पुगेर विदेशमा रहेका नेपालीलाई मताधिकारकाे व्यवस्था गर्न  ध्यानाकर्षण गराउने भएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई  निर्वाचनमा भाेट हाल्न दिने व्यवस्था गर्न ध्यानाकर्षण गराउने भएको हो ।

आज बिहान ११ बजे प्रमुख आयुक्तलाई भेटेर नेपाली नागरिकको मताधिकारको बारेमा कुरा राख्ने महामन्त्री गगन थापाले बताए ।
यसअघि उनीहरूले हिजो प्रधानमन्त्री देउवालाई पनि सो विषयमा ध्यानाकर्षण गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर