‘कबड्डी जोडी’ को २ नम्बरी : यस्तो छ फस्ट लुक – Nepal Press

‘कबड्डी जोडी’ को २ नम्बरी : यस्तो छ फस्ट लुक

काठमाडौं । कबड्डी जोडी दयाहाङ राई र सौगात मल्ल अभिनीत ‘२ नम्बरी’ को फस्ट लुक सार्वजनिक भएको छ । पोस्टरमा दुवै अभिनेता फरक गेटअपमा देखिएका छन् ।

रिलिज रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ मा यसअघि पल शाह अनुबन्धित थिए । तर उनी जेल परेपछि उनको ठाउँमा सौगात आएका हुन् ।

चलचित्रका निर्मातामा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ रहेका छन् । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका छन् ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ ।

यो फिल्म कार्तिकको ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर