रन्जितालाई साक्षी राखेर जेलभित्रै बाबुराम र रेशम चौधरीको वार्ता – Nepal Press

रन्जितालाई साक्षी राखेर जेलभित्रै बाबुराम र रेशम चौधरीको वार्ता

कैलाली । रेशम चौधरीलाई भेट्न पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई डिल्लीबजारस्थित कारागार पुगेका छन् ।

शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए ।

भट्टराईलाई चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए । उनीहरु दुबैबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

आफू कहि कतै संलग्न नरहेको बताउँदै राज्यबाट निर्दोष थारुहरुमाथि ज्यादती भएको समेत उनले बताए । भट्टराईले यस विषयमा सरकारसँग गम्भीर रुपले कुरा राख्ने समेत चौधरीलाई आश्वासन दिएका थिए ।

२०७२ साल भदौ ७ गते टिकापुर घटना ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

आज भट्टराईसँगको भेटघाटमा पनि चौधरीले त्यही प्रष्ट पारेका थिए । आज भट्टराईको जन्मदिन समेत परेको थियो । चौधरीले भट्टराईलाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।

जेलभित्र रहेका रेशम चौधरीलाई भेट्न हिजोमात्र सिके राउत पुगेका थिए । करिब ४५ मिनेटको भेटघाटमा भट्टराई र चौधरीले कफी मगाएर पनि खाएका थिए ।

भेटमा भट्टराई र चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि थिइन । उनी चौधरीकी धर्मपत्नी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर