यौन दुर्व्यवहार प्रकरणमा चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा – Nepal Press

यौन दुर्व्यवहार प्रकरणमा चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा

काठमाडौं । रंग पत्रकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् ।

संघका महासचिव बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले स्वीकृत गरेको संघले जनाएको छ । बलामीले रंग पत्रकार रीना मोक्तानलाई ६ वर्ष अघि यौन दुर्व्यबहार गरेका थिए ।

उक्त घटना केही दिन अघिमात्रै सार्वजनिक भएको थियो । मोक्तानलाई चलचित्र पत्रकार संघले चलचित्र पुरस्कार दिने निर्णय गरेको थियो । तर पुरस्कार दिने सिफारिस समितिमा ६ वर्ष अघि आफूलाई यौन दुर्व्यबहार गर्ने व्यक्ति सिफारिस समितिमा रहेपछि उनले संघले दिने पुरस्कार नदिने घोषणा गरेकी थिइन् ।

पुरस्कार नलिने घोषणा गर्नुको कारण समेत खुलाएकी थिइन् । आफूमाथि भएको दुर्व्यवहारबारे खुलाएपछि संघले उक्त घटनाको छानविन गर्न समिति समेत बनाएको थियो  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *