ओली सरकारका पालामा पठाइएको भनिएको पत्र फेक आशंका,आर्मी हेडक्वार्टरमा आकस्मिक बैठक – Nepal Press

ओली सरकारका पालामा पठाइएको भनिएको पत्र फेक आशंका,आर्मी हेडक्वार्टरमा आकस्मिक बैठक

काठमाडौं । अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यताबारे नेपाली सैनाको मुख्यालयमा अहिले आकस्मिक बैठक बसिरहेको छ।

नेपाली सेनाले पठाएको भनिएको पत्रको आधिकारिकतामा धेरै प्रश्न उठेपछि सैनिक मुख्यालयमा बैठक बसेको छ । सेनाले पठाएको भनिएको पत्रको आधिकारिकताबारे बुझ्ने काम भइरहेको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले नेपाल प्रेसलाई बताए । सो पत्रमा सेनाले प्रयोग गर्ने गरेको लोगोलगायत कुनै पनि ढाचाँ मिल्दैन । यसअघि एसपीपीमा नेपाली सेना सहभागी हुनेबारे ब्यापक चर्चा चलेपछि नेपाली सेनाले बुधबार त्यसको खन्डन गर्दै त्यस्तो कुनै गतिविधि नरहेको दावी गरेको थियो।

बिहीबार  नेपाली सेनाले एसपीपीमा सहभागी हुन अनुराेध गरेकाे भन्दै एक पत्र सार्वजनिक भएको छ।  सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बाेधन गरिएकाे पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् । लेटरप्याडमा सेनाकाे लाेगाे भने छैन । हालसालै मात्र अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय चर्चामा आएको हो।

तत्कालीन प्रधानसेनापतिले लेखेको भनिएको पत्रमा पत्र संख्या विवरण र मितिको विवरणमा दुई ठाउँ हस्तलिखित अक्षर छ। तर अन्य ठाउँमा भने कम्प्युटरमा टाइप गरिएको अक्षर रहेका छन्।

सामान्यतः सेनाका प्रधानसेनापतिले होइन सैनिक सचिवले पत्रमा हस्ताक्षर गर्ने प्रचलन छ । यो पत्र नियोजित रुपमा बाहिर ल्याइएको र यसको आधिकारिकतामा प्रश्न रहेको सैनिक स्रोतका दावी छ ।

सेनाले बुधवार नै एसपीपीमा जाने कुनै सहमति नभएको बताइसकेको थियो । त्यसपछि यो पत्र लिक गरिएको थियो,जसको आधिकारिकतामा प्रश्नै प्रश्न छन् ।


प्रतिक्रिया

One thought on “ओली सरकारका पालामा पठाइएको भनिएको पत्र फेक आशंका,आर्मी हेडक्वार्टरमा आकस्मिक बैठक

  1. Fake कारखानामा थाहा खवर पनि सामेल भएछ मिति को २७ तारिख कलमले लेखेबाटै थाहा हुन्छ । सैनिक मुख्यालयमा नभएकाे पत्र गठवन्धनका साइवर स्यालहरूकाे सेलबाट निस्केछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर