अमेरिकामा ३० वर्षपछि सबैभन्दा धेरै बढ्यो ब्याजदर, विश्वभर कस्तो पर्छ प्रभाव ? – Nepal Press

अमेरिकामा ३० वर्षपछि सबैभन्दा धेरै बढ्यो ब्याजदर, विश्वभर कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर ३० वर्षयताकै सबैभन्दा धेरै पुर्‍याएको छ । बढ्दो उपभोक्ता मूल्यमा लगाम लगाउने आफ्नो कदमलाई अघि बढाउँदै करिब ३० वर्षयता सबैभन्दा धेरै ब्याजदर वृद्धिको घोषणा गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले मुख्य ब्याजदरलाई प्रतिशत विन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १.५ प्रतिशतदेखि १.७५ प्रतिशतको दायरामा पुर्‍याउने बताएको छ । गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो ।

व्याजदर वृद्धिसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने बीबीसीले बताएको छ ।

अमेरिकाको केन्द्रीय बैंकले अन्तरबैंक सापटी लिँदा लिने शुल्कको दर वर्षको अन्त्यसम्ममा ३.४ पुग्न सक्ने अपेक्षा गरेको छ । योसँगै सबै प्रकारको ऋणका लागि सर्वसाधारणले उच्च लागतको सामना गर्नुपर्ने हुन सक्छ । यसको प्रभाव विश्वभर पर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर