सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर – Nepal Press

सदाको लागि बन्द भयो इन्टरनेट एक्स्प्लोरर

काठमाडौं । कुनै समय इन्टरनेट क्षेत्रमा एकक्षत्र राज गरेको इन्टरनेट ब्राउजर ‘इन्टरनेट एक्स्प्लोरर’ सदाको लागि बन्द भएको छ ।

एक वर्ष पहिलानै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई जुन १५ , २०२२ देखि सदाको लागि बन्द गरिने घोषणा गर्दै प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टकै अर्को वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ प्रयोग गर्न अपिल गरेको थियो ।

माइक्रोसफ्ट एज इन्टरनेट एक्सप्लोरर भन्दा छिटो, अधिक सुरक्षित र अधिक आधुनिक ब्राउजर भएको कारण यसको प्रयोगलाई प्रोत्साहन गरिएको माइक्रोसफ्ट एज इन्टरप्राइजेजका निर्देशक सेन लिन्डेर्सेको भनाइ छ ।

माइक्रोसफ्टले सन् १९९५ मा इन्टरनेट एक्सप्लोररको पहिलो संस्करण जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर