तनहुँको रुवाखोला पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु – Nepal Press

तनहुँको रुवाखोला पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।

चालक तनहुँकै म्याग्दे गाउँपालिका ६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।

मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर