नेपाली युवा उद्धामी मञ्च काठमाडौं च्याप्टर र अल्फा हेल्थ केयरबीच समझदारी – Nepal Press

नेपाली युवा उद्धामी मञ्च काठमाडौं च्याप्टर र अल्फा हेल्थ केयरबीच समझदारी

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र अल्फा हेल्थ केयर डायग्नोस्टिक सेन्टरबीच समझदारी भएको छ । स्वास्थ्य साझेदारको रूपमा सहकार्य गर्ने र काठमाडौं च्याप्टरका सदस्यहरूलाई सबै स्वास्थ्य सेवाहरू उपलब्ध गराउने सम्बन्धमा विशेष सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एनवाईईएफ काठमाडौं च्याप्टरका तर्फबाट एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष चिराग गोयल र अल्फा हेल्थ केयरका बिजनेस डेभलपमेन्ट हेड श्रीबास दास श्रेष्ठले सम्झौता पत्रमा  हस्ताक्षर गरे ।

काठमाडौं च्याप्टरकी कार्यक्रम संयोजक सुश्री अस्मिता घिमिरे र अल्फा हेल्थ केयरकी सिनियर मार्केटिङ कार्यकारी सुश्री अस्मिता पराजुली संयुक्त रूपमा हस्ताक्षर समारोहको साक्षी थिइन् ।

यस एमओयूको मुख्य उद्देश्य काठमाडौं च्याप्टरलाई अल्फा हेल्थ केयर सेन्टरबाट विभिन्न फाइदाहरू प्रदान गर्नु भएको बताइएको छ ।

पीसीआर टेस्टमा छुट, इन-हाउस टेस्टमा ३० % छुट, आउटसोर्समा १५ % छुट, पूर्व-रोजगार चेकअप प्याकेज, टेलि परामर्श, डाक्टरको परामर्श सेवा उपलब्ध हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *