अभियोग पत्रमा सुस्मिता रेग्मीको बयान : मनोज पाण्डेले यसरी वेश्यावृत्तिमा लगाए – Nepal Press

अभियोग पत्रमा सुस्मिता रेग्मीको बयान : मनोज पाण्डेले यसरी वेश्यावृत्तिमा लगाए

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकले यौन शोषण गरेको आरोप सम्बन्धमा प्रहरीले अभियुक्त मनोज पाण्डेविरुद्ध अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा समेटिएको ‘पीडित’ सुस्मिता रेग्मीको बयानमा उनले टिकटक भिडियोमा बोलेका कुराहरूलाई थप स्पष्ट पारेकी छन् ।

रेग्मीले पीडक मनोज पाण्डेले आफूले मात्रै यौन शोषण गरेको नभई अन्य व्यक्तिसँग समेत जबरजस्ती सम्बन्ध राख्न लगाएको बताएकी छन् । उनका अनुसार पाण्डेले आफ्नै अगाडि अन्य व्यक्तिसँग सम्बन्ध राख्न लगाएका थिए ।

रेग्मीको बयानमा भनिएको छ, ‘एक दिन मनोजकुमार जैशीले मलाई अनामनगरकै होटेलको एउटा कोठामा लगेका थिए र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए ।

निज जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भने । सँगै ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए । मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज जैशीले हेरेर बसे । उक्त मानिस को थिए म चिन्दिनँ ।’

रेग्मीको पूरा बयान यस्तो छ :

‘प्रतिवादी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटो सुटहरू पनि गर्छु भनी मलाई एभरेस्ट होटेलमा भेट्न बोलाई मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सञ्चालक हुँ र म छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना पनि गर्दै छु भनी अर्को दिन आफ्नो कन्सल्टेन्सीमा फोटो सुटको लागि बोलाउनु भयो र निजले फोटो सुटको लागि आफन्त तथा साथीभाइ समेत कोही कसैलाई साथमा नलिई आउनु भनेकोले म एक्लै गएको थिएँ ।

निजले नै मिस ग्लोबल ईन्टरनेसनलको सुन्दरी प्रतियोगिताको अडिसनको फर्म भर्न भर्न लगाई २ सेप्टेम्बर २०१४ मा भद्रकाली स्थित आर्मी क्लबमा सुन्दरी प्रतियोगिताको आयोजना भएको थियो र म पनि सहभागी भएकोमा उक्त प्रतियोगितामा म फस्टरनरअप भएको थिएँ ।

उक्त सुन्दरी प्रतियोगिताको कार्यक्रमबाट म घर फर्किने भनी आमा बुबासँग ट्याक्सीमा बस्दा निज मनोज पाण्डे भन्ने मनोजकुमार जैशीले मलाई मोबाइलमा मैले तिमीलाई जिताएको हुँ भनी म्यासेज पठाउनु भएको थियो ।

सोपश्चात् मलाई सक्सेस पार्टी छ तिमी रेडी भएर आऊ भनी एभरेस्ट होटेलमा बोलाउनु भयो र म निजले भनेअनुसार एभरेस्ट होटेलमा गएकोमा मनोजकुमार जैसी बाहेक अन्य कोही नभएकोले मैले निजलाई अरू खै त ? भनी प्रश्न गर्दा तिमी अलि छिटो आयौ पार्टी ७ः०० बजेबाट सुरु हुन्छ बस्दै गर भन्नु भयो र केही समयपछि एक जना वेटर आएर मलाई कागती पानी जस्तो देखिने तरल पदार्थ दिई यो वेलकम ड्रिङ्क हो भन्नुभयो ।

मैले उक्त कागती पानी खाएको केही समयपछि मलाई असहज महसुस भयो र मैले घर जान पाउँ भनी मनोज पाण्डे भन्ने मनोजकुमार जैसीलाई अनुरोध गर्दा उहाँले मलाई गाली गर्दै विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन मिडियाले तिमीलाई खोज्छन् मैले के जवाफ दिने भन्नुभयो र मैले एउटा रुम बुक गरेको छु तिमी त्यहाँ गई आराम गर्दै गर ।

सबै जना आएपछि म तिमीलाई बोलाउन पठाउँछु भन्नुभएकोसम्म मलाई याद छ । त्यसपछि के कसो भयो मैले थाहा पाइनँ । मलाई अलिअलि होस हुँदा निजले मलाई बलात्कार गरिरहेका थिए ।

भोलिपल्ट निज मनोज पाण्डे भन्ने मनोज कुमार जैसी मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेकोदेखि म अचानक चिच्याएर रुन थालेँ पश्चात् तिमी पैसा लिएर घर जाऊ, यदि यो कुरा तिमीले कसैलाई भन्यो भनी मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइन खबर मार्फत सार्वजनिक गरिदिन्छु भनी मलाई डर त्रास देखाउनुभयो र निजको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ ।

त्यसपछि निजले पटक पटक विभिन्न स्थानमा जबरजस्ती करणी गर्ने गरेको र एक दिन मनोजकुमार जैशीले मलाई अनामनगरकै होटेलको एउटा कोठामा लगेका र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेका थिए ।

निज मनोजकुमार जैशीले उक्त व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख म यहाँ बसेर हेर्छु भनी त्रासपूर्ण तरिकाले मलाई भनेसँगै निज मनोजकुमार जैशीले ती अपरिचित व्यक्तिलाई तँ यो केटीसँग शारीरिक सम्पर्क राख, म यहाँ बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छ हेर्छु भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेश्यावृत्ति गर्न बाध्य बनाए र मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको निज मनोजकुमार जैशीले हेरेर बसे ।

उक्त मानिस को थिए म चिन्दिनँ । यसरी निज मनोजकुमार जैसीबाट लामो समयसम्म त्रासपूर्ण शारीरिक शोषण तथा मानसिक यातनाबाट विक्षिप्त भई मैले पटक–पटक आत्महत्याको प्रयास गरेको र मेरो आमाले मलाई नर्भिक अस्पताल लगी उपचारका क्रममा त्यस अस्पतालका डाक्टर यादव विष्टले काउन्सिलिङका क्रममा तिम्रो समस्या मनमा भित्र छ, औषधी मस्तिष्कको खाएपछि औषधीले काम गर्दैन ।

जबसम्म तिमी खुलेर तिम्रो पिडाको बारेमा कुरा गर्दैनौ तबसम्म तिमी ठिक हुँदैनौ भनेकोले मैले मेरो सबै घटनाहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुँ ।

(नोटः ‘पीडित’ युवती आफैं पहिचानसहित खुलेर आइसकेकाले समाचारमा उनको वास्तविक नाम र तस्बिर प्रयोग गरेका छौं ।)


प्रतिक्रिया

One thought on “अभियोग पत्रमा सुस्मिता रेग्मीको बयान : मनोज पाण्डेले यसरी वेश्यावृत्तिमा लगाए

  1. Ahile ko Age Ma Yesto Dherai Ghatna Ghatiraheko Xa Tara Aafu Kasari Sachet Vayera basne Tyo Mancchhe Ma Depend Parxa , Kasaiko LoV (attract) ma Pari Yesta Dherai Ghatna Ghatiraheko Xa.. Nepal ko Pani Aba Rape Case Ma Dherai Naam Aairaheko Xa … Hamilai aafi Sachet Hunu Parxa… (We have to fight Against Rapist😡).

Leave a Reply to Niraj Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर