मनोज पाण्डेविरुद्ध प्रहरीको सबुद प्रमाण : युवतीले सामाजिक सञ्जालमा राखेको भिडियो र ल्यापटप मात्र ! – Nepal Press

मनोज पाण्डेविरुद्ध प्रहरीको सबुद प्रमाण : युवतीले सामाजिक सञ्जालमा राखेको भिडियो र ल्यापटप मात्र !

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध अदालतमा दायर गरिएको मुद्दामा सबुद प्रमाणका रूपमा पीडित भनिएकी युवतीले सामाजिक सञ्जालमा राखेको भिडियो र आरोपीको ल्यापटप मात्रै रहेको पाइएको छ।

पाण्डेको अफिसबाट बरामद भएको ल्यापटपमा के के छ भन्ने कुराको रिपोर्ट प्राप्त भई नसकेको अभियोग पत्रमा उल्लेख छ। यसअघि एक युवतीले ८ वर्षअघि पाण्डेले आफूलाई ६ महिनासम्म बलात्कार गरेको भन्दै चार साताअघि सामाजिक सञ्जालमा न्याय माग्दै भिडियो अपलोड गरेकी थिइन्।

पाण्डेले नग्न भिडियोमार्फत ब्ल्याकमेलिङ गर्दै ६ महिनासम्म बलात्कार गरेको आरोप उनको छ। पीडित युवतीको आरोपबाहेक प्रहरीले अन्य प्रमाण भने संकलन गर्न सकेको छैन।

आरोपीले इन्कार गरेका छन् भने बयानमा बोलाइएका अन्यले पनि पाण्डेले बलात्कार गरेको हो भनेर ठोकुवा गर्न सकेका छैनन्।

बलात्कार मुद्दामा हदम्यादका कारण अनुसन्धान गर्न नसकिएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा पाण्डेविरुद्ध अनुसन्धान अगाडि बढाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर