वाम एकताका लागि घनश्यामका पाँच सूत्र- गल्ती स्वीकार गरौं, माफी सप्ताह आयोजना गरौं – Nepal Press

वाम एकताका लागि घनश्यामका पाँच सूत्र- गल्ती स्वीकार गरौं, माफी सप्ताह आयोजना गरौं

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको भन्दै वामपन्थी एकताका लागि पाँचवटा उपाय अघि सारेका छन् ।

भुसालनिकट युवाहरूको समूहले बुधबार राजधानीको राष्ट्रियसभागृहमा अयोजना गरेको वामपन्थी आन्दोलनको संकट र वाम एकताको उपायका बारेमा आयोजित प्रवचन कार्यक्रममा नेता भुसालले माफी सप्ताह आयोजना गरेर भने पनि चुनावअघि नै वामपन्थी मिल्नुपर्ने बताए ।

भुसालले चुनावपछि पार्टी एकता गर्नेगरी तत्कालका लागि वाममोर्चा घोषणा गर्न सकिने बताए । उनका अनुसार वापमन्थी एकताका लागि पाँचवटा उपाय छन् । ती उपाय सुझाउँदै उनले तत्कालीन नेकपामा केपी ओली र प्रचण्डले गोप्य सम्झौताबाट गरेको पार्टी एकता सिद्धान्तहीन थियो भन्न सक्नुपर्ने बताए ।

आधा कार्यकाल प्रधानमन्त्री बाँडेर गरिएको सम्झौता बाहिरिएपछि नै पार्टी एकतामा समस्या आएको भन्दै उनले त्यो सम्झौतबाट गरिएको एकता गलत थियो भनेर अबको एकताको उपाय खोजिनुपर्ने बताए ।

भुसालले त्यसपछि संसद विघटन गलत थियो भनेर स्वीकार गर्नुपर्ने अर्को उपाय अघि सारेका छन् । त्यस्तै चुनावपछि हुने पार्टी एकता र महाधिवेशनलाई लक्षित गरेर सिद्धान्तअनुकूलको कार्यक्रम र संगठनात्मक संरचना बनाउनुपर्ने भुसालले बताए ।

भुसालले अघि सारेको चौथो उपाय तत्कालै चुनावी वाममोर्चा घोषणा गर्छौं भनेर सबैले प्रतिबद्धता जनाउनुपर्ने छ । उनले त्यसो भएपछि साउन १ गतेबाटै माफी सप्ताह आयोजना गरी विगतमा भएका सबैका गल्तीप्रति माफी मागेर नेकपालाई पुनः एकताबद्ध बनाउन सकिने बताए ।


प्रतिक्रिया

2 thoughts on “वाम एकताका लागि घनश्यामका पाँच सूत्र- गल्ती स्वीकार गरौं, माफी सप्ताह आयोजना गरौं

  1. कामले पार्टी फुटाउन दस्तखत गर्दै हिंड्ने अनि मुखले बाम एकताको रटान दिन पनि नछाड्ने – एमाले सिध्याउने कसम खाएर एमालेमा बसेका यस्ता एमालेको शत्रुलाई पनि किन एमालेले पूजा गरेर राखेको होला ?

  2. याे हावादारी गफ गर्नेलाई कुनै स्थान नदिओैं जसरी बहुला कराएमा कसैले महत्व दिदैंनन् । उसलाई पार्टीले भूमिका नदिने, बैठकमा नबाेलाउने गराैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर