पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो सातादेखि हुने – Nepal Press

पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो सातादेखि हुने

काठमाडौं । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो सातादेखि सुरु हुने भएको छ ।
अन्नपूर्ण स्केटपार्क पोखरा रंगशालामा हुने दुई दिने प्रतियोगिता असार ६ र ७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पुरुष एक सय र महिला ३० जना खेलाडीहरुले सहभागीता जनाउनेछन् । प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।

उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे) ले गर्नेछन् ।

सन् २०१५ देखि नेपालमा आयोजना हुन थालेको प्रतियोगिता काठमाडौं र पोखरामा दुई–दुई पटक सञ्चालन भइसकेको नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्गका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *